अवैध मरिच ओसारपसारमा संलग्न २ जना पक्राउ



वीरगञ्ज वैशाख, २४–
वीरगञ्जमा २ सय किलो कालो मरिचसहित २ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–२५, सिर्सिया पुल नजिकैबाट प्रहरीले मरिच ओसारपसारमा संलग्न भारत रक्सौलका २८ वर्षीय दीपेन्द्र मण्डल र वीरगञ्ज महानगरपालिका–२२ का ३६ वर्षिय विनोदप्रसाद पटेललाई पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ मरिच निकासी गर्दै गरेको अवस्थामा २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

त्यस्तै, मरिच ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बीआर २२ आर ४६४५, बीआर ०५ एफ ९१७३ र ना.५० प. ६७२३ नम्बरको ३ थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद २ सय किलोग्राम मरिच आवश्यक कारबाहीका लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

भियतनाम लगायत तेस्रो मुलुकबाट नेपालमा भित्रिने मसलामा प्रयोग हुने मरिच नेपालबाट भारतर्फ चोरी निकासी हुने गरेको छ । मरिचको भाउ नेपालमा भन्दा भारतमा बढी छ ।

प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार  ६ : १८ बजे