मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालको काखमा रहेको जोमसोम विमानस्थलको स्तरोन्नति थालियो



मुस्ताङ ,बैशाख २६-

हिमपात र चोसोका कारण रोकिएको  पर्यटकीय  जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ ।

विमानस्थल स्तरोन्नतिका लागि गत असोजमा एपेक्स कन्स्ट्रक्सनले नौ करोडमा ठेक्का सम्झौता पाए पनि चिसो र हिमपातका कारण कात्तिकको अन्तिम सातादेखि रोकिएको काम पुना शुरु हुन लागेको हो । मौसममा सुधार आएपछि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर कामलाई तीव्रता दिइएको बताइएको छ ।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो ।

आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘ग्रेड नमिलेकाले जमीन काटेर लेभल (तह) मिलाउन लागेका हौँ, पौडेलले भने, ‘विमानस्थलमा ओभरले (कालोपत्र थप) पनि हुन्छ ।’

हाल तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने भएको छ । बीस वर्षअघि गरिएको कालोपत्रको म्याद सकिन लागेको थियो । प्रत्येक चार/चार वर्षमा कालोपत्र गर्नुपर्ने प्राविधिक बताउँछन् । विमानस्थललाई कालीगण्डकीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण र घेराबारलगायतका पूर्वाधार पनि बनाउन लागिएको छ ।

बिमान्स्थलको सुधार पछी मनाङ, मुस्ताङ आउने जाने पर्यटकहरुलाई थप सहज पुग्ने र पर्यटन ब्यबसायको प्रबर्धन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ९ : ३८ बजे