मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशैभर अत्याधिक गर्मी बढ्दै



बैशाख २७, काठ्माण्डौ-

केहि दिनदेखी पानी पर्न रोकिए पछी बिशेश गरी तराइ क्षेत्र र देशैभरी अत्याधिक गर्मी बढ्न थालेको छ ।  विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।

विहीवार नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री मापन भएको छ भने धनगढी र दिपायलको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि छ । धनगढीको तापक्रम ४२ दशमलव ४ र दिपायलको तापक्रम ४० दशमलव ३ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधवार नेपालगञ्जको तापक्रम ४२ दशमलव २ डिग्री थियो भने धनगढीको ४२ दशमलव १ र दिपायलको ३९ दशमलव ४ डिग्री थियो । विरेन्द्रनगर, दाङ, भैरहवा, सिमरा सहित मध्य र पश्चिम तराईमा पनि गर्मी बढेको महाशाखाले जनाएको छ ।

आगामी केहि हप्ता अझै गर्मी बढ्न सक्ने जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ७ : २९ बजे