मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रजस्वला भएपछि कक्षामा बस्नै पाउदैनन् विकट गाउँबस्तीका छात्रा



हुम्ला वैशाख, २८–
विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरू रजस्वला हुँदा विद्यालय जान पाउँदैनन् । राजधानी दैनिकले समाचार छापेको छ ।
उनीहरूले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ । यस हिसाबले एक वर्षमा छात्राहरू ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेका छन् । हुम्लाको ताँजाकोटको धर्मोदय माविमा हाल ३१८ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १९२ जना छात्रा छन् ।

प्रायः कक्षा ६ देखि माथिका छात्राहरू महिनाको एकपटक रजस्वला हुन्छन् । प्राकृतिक रूपमा नै चार दिनसम्म असहज हुने र बार्नुपर्ने भएकाले महिनाको करिब चार दिन उनीहरू विद्यालयमा नआउने गरेको विद्यालयका शिक्षकले बताएका छन् ।

सरकारले महिनावारी भएका छात्रालाई निःशुल्क प्याड बाँड्ने नीति लिए पनि हुम्लामा सरकारको सो नीतिले व्याहारिक रूप पाउन सकेको छैन । प्याडको अभाव भएकाले पनि विद्यालय आउन कठिन हुने गरेको छात्रा बताउँछन् ।

महिनावारीका कारण वर्षमा ४८ दिन छात्रा विद्यालय नआउने हुँदा उनीहरूको अध्ययनसमेत प्रभावित हुने गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  १ : ४३ बजे