मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतन्त्रको रक्षाको लागी कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि तयार छ : कांग्रेस नेता सिंह



बैशाख २८,काठ्माण्डौ-

पूर्व महामन्त्री एबम कांग्रेस नेता प्रकाशमान सिंहले सरकार काम गर्ने भ न्दा बढी हावादारी गफ र नारा लगाएर मात्र बसेको,सरकारले सुशासन दिन नसकेको, विकास बजेट खर्च गर्न नसकेको र सरकार संघीयता असफल बनाउन उद्धत रहेको आरोप लगाएका छन ।

उनले  दुई तिहाइ बहुमतको समर्थन पाएको नेकपा सरकारबाट जनताले राहत नपाउने ठोकुवा  गरे ।

नेता लोकतन्त्रको रक्षाको लागी कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेकोमा जोड दिदै सरकार संविधानको भावना र मर्मविपरीत अगाडि बढ्न खोजे कांग्रसले प्रतिवाद गर्ने उनले स्पष्ट पारे ।

सरकार बनेपाछी अहिलेसम्मको सरकारको काम गराइ हेर्दा जनाताले सन्तोश मान्ने कुनै आधार नभएको नेता सिंहले बताए ।

सरकारका गतिविधिले जनाताम व्यापक निराशा छाएको बताउँदै जनाताले दिएको मतको सरकारले दुरुपयोग गरेको नेता सिंहले आरोप लगाए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ११ : ५९ बजे