मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशको नाम र राजधानीको विषय संसदमा प्रवेश गराउन प्रदेश ३ मा कांग्रेसको दबाब



हेटौंडा वैशाख, ३०–
प्रदेशको नाम र राजधानीको विषयले संसदमा प्रवेश नपाए प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश ३ को अधिवेशन अवरुद्ध गर्ने चेतावनी दिएको छ । आजबाट सुरु हुन लागेको वर्षे अधिवेशनमा प्रदेश नामांकन र स्थायी राजधानी तोक्न दबाव परेको छ । यद्यपि, प्रदेश ३ को संसदले अझै टुंग्याउन सकेको छैन । सत्तारुढ दल नेकप भित्र राजधानी र प्रदेश नामांकनबारे सहमति जुट्न सकेको छैन । सत्तारुढ दलभित्रै विवाद रहेको बेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले दबावस्वरुप संसद् अवरुद्धको तयारी गरेको हो ।

प्रतीपक्षी दल कांग्रेसका नेता इन्द्र बानियाँले प्रदेश नामांकन र राजधानीले अलमलको स्थिति सिर्जना भएकाले छिटो टुंग्याउन आफ्नो पार्टीले दबाव दिन लागेको बताए ।

यसअघि प्रदेश ३ संसदले हिउँदे अधिवेशनको अन्त्यसम्म राजधानी र नामाकरणको विषय टुङ्ग्याउने बताएको थियो । तर, बर्षे अधिवेशनमा पनि यसलाई प्राथमिकताको १० औं नम्बरमा राखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । संसद् बैठक अहिले दिउँसो १ बजे बस्दै छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ६ : २० बजे