मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेसमाथि आक्रमण गर्ने ओली सरकार पनि पूर्वराजा ज्ञानेन्द्र पथमाः कांग्रेस उपसभापति निधि



जनकपुर वैशाख, ३१–
कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकार वर्तमान ओली सरकार ज्ञानेन्द्र पथमा हिँडेको आरोप लगाएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले जसरी सत्ता हत्याउनका लागि प्रेसमाथि आक्रमण गरेका थिए वर्तमान सरकारको पनि तरिका उस्तै भएको उपसभापति निधिले प्रष्ट पारे ।
मंगलबार गृहजिल्ला धनुषाको जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उपसभापति निधिले सरकारले मिडिया काउन्सिल मार्फत प्रेस जगतमाथि अंकुश लगाउन खोजेको भन्दै उक्त विधेयक तत्काल फिर्ता गर्न माग गरे ।
प्रेस काउन्सिललाई खारेज गरेर मिडिया काउन्सिलमार्फत मिडियालाई नियन्त्रण गर्न खोजिनु निन्दनीय भएको नेता निधिको भनाइ छ ।

उनले मिडिया काउन्सिल गठन गरी मन्त्रालयको शाखा कार्यालयको रुपमा परिणत गर्न खोजिएको बताए ।

प्रेस जगतको स्वतन्त्रता माथि आक्रमण गर्नु लोकतन्त्रमाथिको पनि आक्रमण भएको भन्दै उपसभापति निधिले तत्काल मिडिया काउन्सिल सम्बन्धि विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १ करोड रुपैयाँ सम्म जरिवाना तथा १५ वर्षसम्मको जेल सजायको व्यवस्था राख्नुले सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको प्रष्ट भएको उपसभापति निधिले दावी गरे ।
निधिले सरकारले संचार जगतसंगै सम्बन्धित विज्ञापन सम्बन्धि ऐन, सूचना प्रविधिसम्बन्धी ऐन, सार्वजनिक प्रसारण सम्बन्धी ऐन समेत ल्याउनु गलत रहेको बताए ।
उनले कांग्रेसले प्रेस स्वतन्त्रताका लागि पत्रकारहरुले गर्ने हरेक आन्दोलनमा सक्रियपूर्वक साथ दिने प्रष्ट बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ५ : ५१ बजे