काठमाडौं ।
नेपाल विद्यार्थी संघको मकाउ शाखाले स्याङ्जाको पुतलीबजारका मिर्गौला पीडित राजेन्द्रकुमार कार्कीलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
स्थायी घर स्याङ्जा जिल्ला पुतली बजार नगर पालिका पौवै गौडे ५ घर भएका बर्ष ५६ को राजेन्द्र कुमार कार्की बिगत ३ बर्ष देखि शरीरका दुबै मृगौलाले काम गर्न छाडेर हाल बनस्थली स्थित राष्ट्रिय मृगौला उपचार केन्द्रमा उपचार गराई रहेका कार्किलाई नेपाल विद्यार्थी संघको मकाउ शाखाले उपचारका लागी सहयोग जुटाइदिएको हो ।पीडित कार्कीले नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेल मार्फत मकाउमा रहेको नेपाली काँग्रेसको भातृ संस्था नेबि संघमकाउलाई आर्थिक सहयोग गरी जीवन बचाई दिनु हुन अपिल गरेसंगै मकाउमा रहेका नेपाली दाजुभाईहरूले रू ६० हजार रुपैँया सहयोग गरेका हुन ।