मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापानमा सरकारी र निजी क्षेत्रमा काम गर्ने कामदारहरुले अब कार्यलयमा हल्का कपडा लगाउन पाउने



कठ्माण्डौ ,एजेन्सि-

जापानमा सरकारी र निजी क्षेत्रमा काम गर्ने कामदारलाई हल्का तथा आफुलाई मन पर्ने कपडा लगाउन छुट दिन थालिएको छ ।जपानमा यसलाई अभियानकै रुपमा शुरु गरिएको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

जापान सरकारले कार्यस्थलहरुमा ऊर्जा बचाउनका जागी यस्तो कदम चालेको बताइएको छ । कर्मचारिहरुले अब हल्का र क्याजुअल पहिरनका साथ कार्यक्षेत्रमा जान पाउनेछन ।

जपानमा नारुहितो नयाँ राजा बने पछी सरकारले यस्तो घोषणा गरेको बताइएको छ । उर्जा बचाउनका लागी अफिसहरुमा प्रयोग गरिने एयर कंडीशनरको तापक्रम २८ डिग्री कायम गरेर बिजुलिको खर्छ घटाउन लागिएको छ ।

यो अभियान सबै कमर्शियल स्थलहरुमा समान रुपमा लागु गरिने जनाइएको छ । सुपरमार्केट र डिमार्टमेंटल स्टोरहरु पनि यो अभियानमा सरीक हुनेछन ।

कार्बन डायऑक्साइड उत्सर्जनमा कमी ल्याउन यस अभियानले उल्लेख्निय भूमिकाअ खेल्ने आशा गरिएको छ । यस अभियानलाई बाध्यकारी भने नबनाइएको समाचारहरुमा जनाइएको छ ।

यो पनि पढ्नुहोस्-

चिनलाई उछिन्दै जापानले संसारकै छिटो चल्ने रेल सञ्चालन गर्ने

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ३ : २५ बजे