मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली युवतीको भारतीय राजधानी दिल्लीमा सामूहिक बलात्कार



काठमाडौं जेठ, ३–
भारतकोमा नेपाली युवतीको सामूहिक बलात्कार गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा नेपाली युवतीको सामूहिक बलात्कारको शिकार भएकी हुन् । गत आइतबार राति मुम्बई जान लागेकी ती युवती दिल्लीको द्वाराका क्षेत्रमा सामूहिक बलात्कारमा परेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दाजुलाई भेट्न मुम्बई जान हिँडेकी चितवनकी ती २० वर्षीया युवती शनिबार दिल्ली पुगेकी थिइन्। त्यहाँदेखि रेलमा मुम्बई जाने योजनामा रहेकी उनी समयमै रेल्वे स्टेशन पुग्न सकिनन्। रेल छुट्यो। रेल्वे स्टेशनमा बसिरहेका बेला चार जना यूवाहरू त्यहाँ बस्नु असुरक्षित हुने बताए। अनि आफू उनीहरूसँग गएको ती युवतीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छन्।

सुरक्षित ठाउँमा जाउँ भनेका उनीहरूले आफूलाई सामूहिक बलात्कार गरेको उनले बताइन्।

बलात्कारी मध्येका एकले पछि उनलाई फेरि रेल्वे स्टेशनमा ल्याएर मुम्बईको रेल चढाइदिएका थिए।

मुम्बई पुगेर उनले वोसिवारा प्रहरी चौकीमा उजुरी दिएकी छन्। प्रहरीले उनको उजुरीविरूद्ध अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार  ८ : १५ बजे