विराटनगर जेठ, ५–
मोरङका पत्रकारले सरकाले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबिरुद्ध रोएर विरोध प्रदर्शन गरेका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका प्रेस युनियन सम्बद्ध पत्रकारहरुले बिधेयकले प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै रोएर विरोध गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरु ठूलो स्वरमा रुन थालेपछि प्रशासन कार्यालय आएका सेवाग्राही अचम्मित भएका थिए । नागरिकता, पासपोर्ट बनाउन आएका सेवाग्राही र बाटो हिड्ने यात्रुको पत्रकारको रुवाइ हेर्न भीड लागेको थियो ।
प्रेस युनियन मोरङका सभापति कुमार लुइटेलले प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी सरकारले ल्याएका विधेयक हुबहु पारित भए पत्रकार रुने अवस्था आउने भन्दै आफूहरुले आधा घण्टा रोएर विरोध गरेको जानकारी दिए ।