राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार यो बर्ष अघिल्लो बर्ष भन्दा अत्याधिक ब्यापार घाटा



काठमाण्डौ-

देशमा स्थिर सरकार बनेर सरकारले सम्बृद्दिको नारा दिइरहेको भए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले सरकारले दाबी गर्ने गरे भन्दा उल्टो परिणाम देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार व्यापार घाटा चुलिँदै गएर झण्डै १० खर्ब पुगेको छ।  ब्यापार घाटाको यो क्रम यही अनुपातमा अघी बढे त्यसले   भुक्तानी सन्तुलन र मुलुकको अर्थ ब्यबस्थालाई नै ठुलो असर पुर्याउने अर्थशास्त्र बिषयका जानकारहरुको मत रहेको छ ।

उनिहरुका अनुसार यसले देशमा लगानीयोग्य रकमको अभाव हुने समस्या बढ्दै जाने र देशनै आर्थीक सङ्कटमा जाने खतरा हुन सक्छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले नौ महिनामा १६ ।९ प्रतिशतले निर्यात वृद्धि हुँदा २१ । ३ प्रतिशतले आयात बढेको उल्लेख छ। कुल ६९ अर्ब ८२ करोडको मात्रै नेपाली उत्पादन निर्यात भएको छ भने १० खर्ब ६१ अर्ब रुपैयाँको विदेशी सामान भित्रिएको तथ्याङ्कले देखाएको छ ।

देशमा आयात र निर्यातबाट भुक्तानी हुने रकमको अन्तरलाई अर्थशास्त्रको भाषामा भुक्तानी सन्तुलन वा शोधनान्तर स्थिति भन्ने गरिन्छ। लामो समयदेखी देशमा भुक्तानी सन्तुलन वा शोधनान्तर स्थिति घाटामा गइ रहेको भय पनि पछिल्लो समय घाटाको मात्रा ह्वात्तै बढेको देखिएको छ । राष्ट्र बैङ्कले सार्बजनिक गरेको तथ्याङ्क अनुसार् अघिल्लो वर्षको यसै अवधिको तुलनामा भुक्तानी घाटा यो बर्ष  ५० अर्ब ८ करोडले बढेको छ । गत वर्ष यस अवधिमा १४ अर्ब ६० करोड भुक्तानी सन्तुलन घाटामा थियो ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  १ : ४० बजे