सुर्खेत जेठ, ८–
विप्लव नेतृत्वको नेकपाका भेरी ब्युरो इन्चार्ज बलबहादुर वलीसहित ५ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट पक्राउ परेका हुन् । उनीहरुसँग विभिन्न दस्तावेजसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले जाजरकोटको कुशे गाउँपालिका २ बाट अन्य तीन जनालाई पक्राउ गरेको छ । जिल्ला जनसरकार प्रमुख हरिचन्द्र जैशी, मुगुको छायानाथ नगरपालिका घर भई कुशे गाउँ कमिटी सदस्य दीपकबहादुर सावत र जाजरकोट जिल्ला कमिटी सदस्य अजपाल बुढा पक्राउ परेका प्रहरीले जानकारी दिएका छन् ।
८ जेष्ठ २०७६, बुधबार
0
Shares