मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज हावाहुरी सहित बर्षाको सम्भाबना सचेतता अपनाउन मौसम पूर्वामान महाशाखाको आग्रह



जेठ ९,काठ्माण्डौ-

बिहीबार देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

महाशाखाले अपरान्हपछि हावाहुरीसहितको वर्षा हुने बताएको हो । देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि देशका पश्चिमी र मध्य भूभागमा आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ।

महाशाखाले हावाहुरिको समेत सम्भाबना भएकोले सचेतता अपनाउन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ६ : १५ बजे