दैलेख जेठ, १०–
दैलेखमा भएको मिनी ट्रक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, दैलेखका अनुसार शुक्रबार गुराँस गाउँपालिका–१, रिगलपानीमा सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको हो ।
प्रहरीका अनुसार नम्बर प्लेट पनि जलेको ट्रकमा ३ वटा शव जलेको अवस्थामा भेटिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।
१० जेष्ठ २०७६, शुक्रबार
0
Shares