बाँके जेठ, १०–
नेपाल तरुण दलले भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गरेको छ। कांग्रेस भातृसंगठन समेत रहेको दलले पार्टीले घोषणा गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत नै विभिन्न ठाउँमा आयोजित कार्यक्रममा भ्रष्टाचारविरुद्ध अभियान चलाएको हो । शुक्रबार बाँकेको कोहलपुरमा तरुण दलले आयोजना गरेको भण्डाफोर कार्यक्रममा बोल्दै तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्त रहेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टचारको संरक्षणमा लागेको उनको भनाइ थियो ।
१० जेष्ठ २०७६, शुक्रबार
0
Shares