मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाका महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै कांग्रेसले पर्चा छर्यो



बुटवल जेठ, १३–
नेपाली कांग्रेस बुटवल नगरसमितिले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै पर्चा छरेको छ ।
नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको हो । सभापति पाण्डेले पौडेललाई कारबाही हुनु पर्ने भनेर पर्चा छरिएको प्रष्ट पारे ।
यसैबीच नेकपा महासचिव पौडेल बुटवल प्रदर्शनी केन्द्रको शिलान्यास गर्न बुटवल पुगेका छन् । उनले केहीबेरअघि प्रदर्शनी केन्द्रको शिलान्यास गर्ने तयारी गरिएको छ ।

नगरसभापति पाण्डेले निर्वाचनअघि नै प्रदर्शनी केन्द्रको निर्माणको नक्शासमेत तयार भएको र बुटवल नगर सर्वदलीय बैठकबाट पारित भइसकेको भन्दै अहिले प्रचारका लागि शिलान्यास गरिएको दावी गरे । यद्यपि, नेपाली कांग्रेस दर्शनी केन्द्र निर्माणकै पक्षमा रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ४ : १४ बजे