जेठ १३, सोलुखुम्बु-
नेपाली कांग्रेसको राष्ट्रिय जनजागरण अभियानका क्रममा सोलुखुम्बुमा नेकपा परित्याग गरी २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
जनजागरण अभियान अन्तर्गत नेपाली कांग्रेस सोलुखुम्बुले जिल्लाको नेचा सल्यान गाँउपालिका आयोजना गरेको एक भव्य कार्यक्रमकाबीच मेघ नाथ वास्तोला, वालकृष्ण राई, पहलमान भुजेल् गायत २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई जनगाजरण अभियानकोलागि नेपाली कांग्रेसको तर्फबाट केन्द्रिय प्रतिनिधी कांग्रेस नेत्री कुमारी लक्ष्मी राई, नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्की र नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् ।
प्रमुख अतिथीको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेतृ कुमारी लक्ष्मी राराईले कांग्रेस भित्रको मेलमिलाप र जागरणले मात्रै कांग्रेसलाई राम्रो बनाउन सकिने बताइन् । नेतृ राईले नेपाली कांग्रेस भित्र मजबुत एकताका लागी सबैलाई आग्रह समेत गरिन् ।
त्यस्तै, सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले नेपाली कांग्रेसलाई जनताको साथ र विश्वास रहेकोले आफूहरुले जनाताको विश्वास र साथलाई टुट्न नदिने बताए । नेता कार्कीले कांग्रेस जनताको बिचमा निरन्तर आइरहने र जनताको सुख दुखमा साथ दिईरहने बताए । स्थानिय तहमा भ्रष्टाचार भएको जन गुनासो आइरहेको भन्दै उनले जनताले तिरेको करमा रजाइँ गर्ने र पदको दुरुपयोग गर्नेलाई जनतालेनै दण्डित गर्ने समय आउने समेत बताए ।
त्यस्तै, कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले स्थानिय तहहरुमा भईरहेको भ्रष्टाचार र अनिमियतताका बारेमा कांग्रेस जानकार रहेको र त्यसविरुद्ध अभियान चलाईने बताए । सभापति बस्नेतले नेकपाले जितेका सबै ठाँउहरुमा ठुलो मात्रामा भ्रष्टाचार भईरहेको आरोप लगाए ।उनले सरकार आफैले भ्रष्टाचार र दण्डहिनतालाई प्रसय दिइरहेकोमा आपत्ती प्रकत गर्दै सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्न जरुरी रहेकोमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका सचिव धनजन राइर्, सह–सचिव कुशराज राई, महासमिती सदस्य खिलराज बस्नेत,तरुण दल अध्यक्ष तथा महाधिवेशन प्रतिनिधी अशोक झा, कांग्रेसका जिल्ला नेताहरु जस कुमार राई, कृष्ण कटेल, निर कुमार शर्मा, सन्तोष कटेल ,नेचा सल्यान गाँउपालिकाकी उपाध्यक्ष कुमारी शर्मा,नेचा सल्यान गाँउपालिका वडानम्बर २ का अध्यक्ष भेष कुमार वास्तोला , नेबिसंघ सोलु– काठमाडौं सम्पर्क समितिका अध्यक्ष नेता हेम राज शर्मा लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेस नेचा सल्यान गाँउपालिका संयोजक निर कुमार शर्मा कटेलको सभापतित्वमा सम्पन्न भएको थियो ।