मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाँउपालिका अध्यक्षको ज्यादति बिरुद्द उत्रीए कांग्रेसबाट निर्बाचित वडा अध्यक्षहरु



सोलुखुम्बु जेठ, १३–
सोलुखुम्बुको थुलुङ्ग दुधकोशी गाँउपालिकामा शिक्षक सरुवाको विषयलाई लिएर विवाद चर्किएको छ । गाँउपालिकाका अध्यक्षले शिक्षा ऐन २०२८ र नियमावली २०५९ को सामान्य मापदण्ड पनि पूरा नगरेको भन्दै कांग्रेसबाट निर्बाचित गाँउपालिकाका  उपाध्यक्षसहित चारजना वडाध्यक्षहरुले विज्ञप्ति निकालेर शिक्षक सरुवा प्रक्रियाको विारोध गरेका हुन् ।

उनीहरुले आफूहरु पनि गाँउपालिकाको जिम्मेवार सदस्य भएको भन्दै सामान्य समाबेशीको सिद्धान्त समेत पालना नगरेकोमा आक्रोश व्यक्त गरेका हुन् । त्यसरी विज्ञप्ति जारी गर्नेहरुमा गाँउपालिका उपाध्यक्ष सविता राई, वडाध्यक्ष, नातिकाजी गुरुङ, वडाध्यक्ष धनराज सुनुवार, वडाध्यक्ष भुपाल ध्वज राई तथा अर्का वडाध्यक्ष फुर्तिमान तामाङ रहेका छन् ।

उनीहरुले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘गाँउपालिकाले अगाडी सारेका सबै विकास निर्माण लगायतका काममा हामी सबैको साथ, सहयोग र सहकार्य भैरहेको अवस्थामा अचानक गाँउ शिक्षा समिति तथा सरोकारवाला पक्षहरुसँग सहकार्य नगरी एकपक्षिय गरिएको विद्यालयको शिक्षक सरुवाले समग्र शैंक्षिक वातावरण खलबलिएको र शिक्षक व्यवस्थापनमा कठिनाइ महसुस भएको छ । शिक्षा जस्तो संवेदनशिल क्षेत्रलाई गुणस्तरिय र व्यवस्थित बनाउनु हामी सबैको कर्तव्य हो तर, शिक्षक सरुवा गर्दा विद्यालयको आबश्यकता, विषयगत दक्षता, विद्यार्थी संख्या र शिक्षकहरुलाई सहुलियत जस्ता विषयप्रति ख्याल नगरिदा शैंक्षिक वातावरण विकास हुनुको सट्टा लथालिंग भएको छ ।’
उनीहरुले विज्ञप्तिमा शिक्षक सरुवालाई तत्काल स्थगित गरी बृहत छलफल र सहमतिबाट समस्या समाधान गर्न सबैसँग अपिल गरेका छन् । उनीहरुले आफैले निर्माण गरेको ऐन तथा नियमावलीको खिालाप हुनेगरी गरिएको शिक्षक सरुवाले स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनीहरुले एकपक्षिय तरिकाले गरिएको सरुवा तत्काल फिर्ता लिई शान्तिपूर्ण वातावरण निर्माण गर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १० : २५ बजे