मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिने



काठमाडौं जेठ, १६–
सरकारले आगामी आर्थिक वर्षका लागि यातायात व्यवस्थापनमा एक अर्ब ५३ करोड रुपियाँ विनियोजन गरेको छ । यातायात क्षेत्रको सिन्डिकेटको अन्त्यपछि सार्वजनिक परिवहन प्रणालीलाई व्यवस्थित गर्न यातायात प्राधिकरण स्थापना गर्ने प्रस्ताव गरेकोछ ।

सार्वजनिक यातायातलाई प्रतिस्पर्धी र व्यवस्थित गर्न लागि प्राधिकरण गठन गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले स्पष्ट गरे ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिने भएको छ । काठमाडौं उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइने बताएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  २ : २१ बजे