मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारका कारण ब्यबस्थामाथीनै असन्तुष्टी बढ्ने खतरा : प्रा. डा. गोबिन्द पोखरेल



राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष एबम नेपाली कांग्रेसका नेता प्रा. डा. गोबिन्द पोखरेलले सरकारले सांसदहरुमार्फत बाडेको बजेट प्रभावकारि र पारदर्शी हुनेमा शङ्का ब्यक्त गरेका छन ।

न्यू सञ्चारसग कुरा गर्दै डा. पोखरेलले यस अघी देखीनै सांसदहरुलाई छुट्ट्याएको रकमको दुरुपयोग भएको भन्ने जनगुनासो बढी रहेका बेला सांसदहरुलाई अझै बजेट थप्ने कुराले जनतामा झनै निरासा बढ्ने र त्यसले ब्यबस्था माथी नै असन्तुष्टी बढाउने बताएका हुन ।

जनताको अषन्तुष्टिलाई सरकारले गम्भिर रुपमा लिनुपर्नेमा जोड दिदै डा. पोखरेलले जनताले नरुचाएको कुरा सरकारले पटक पटक दोहोर्याउनु उचित नभएको भन्दै जनताको भावना र सरोकार प्रती सरकार संबेदनशील हुन जरुरी रहेको बताए ।

बर्तमान संबिधानले ३ तहको सरकारको ब्यबस्था गरेको र अहिलेकै शैलिमा भबिष्यमा तिनै तहका जनप्रती निधिहरुले आफ्नो तजबिज अनुसार खर्च गर्ने मनसायले छुट्टै बजेटको माग गर्दै जाने र सरकारले पुरा गर्दै जाने हो भने त्यसले मुलुकमा आर्थिक अराजकता निम्त्याउने खरता समेत औल्याए । स्थानिय तहका जनप्रतीनिधिहरु पनि आ- आफ्न स्थानिय तहका सांसदहरु सरह नै हुन भन्ने तर्क गर्दै उनले उनिहरुले पनि अहिलेको सरकारकै शैलिमा बजेट छुट्ट्याए त्यसले कस्तो असार पार्ला भन्ने कुरा सोच्न जरुरी रहेकोमा जोड दिए ।

सरकारले सार्बजनिक गरेको नयाँ आर्थीक बर्षको बजेट प्रती सामाजिक सञ्जाल ट्विटरमा समेत प्रतिकृया दिदै पोखरेलले सरकारको शैलिले संघीय प्रणालीमा प्रश्न उठने र जनातामा निराशा बढ्ने उल्लेख गरेका छन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  १ : ४० बजे