मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकासहित दशैभर मेघगर्जन र हुरीबताससहित पानी पर्ने



काठमाडौं जेठ, १७–
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पनि उपत्यकासहित मध्य र पूर्वको मौसम आशिंकदेखि सामान्य बदली हुनेछ ।

भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावले मध्य र पूर्वसँगै पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी गराइन् ।
उनका अनुसार अन्य ठाउँको मौसम पनि आशिंक बदली हुनेछ । मौसमविद् पोख्रेलका अनुसार शनिबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले एक दुई दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ ।

बुधबारदेखि नै पानी परिरहेकोले बढ्दै गइरहेको गर्मी भने केही घटेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  ३ : ११ बजे