मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथाको साखमा ह्रास, आरोहणलाई सस्तो बन्न दिन नहुने माग



काठमाडौं जेठ, २०–
यस वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ । यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन् ।

सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ । कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेका छन् ।

तर, सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् ।

यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए । उनीहरूको शेर्पा र गाइडसमेत ६ सय ३१ जना सगरमाथा आरोहणमा गएका थिए । आरोहीको संख्या अघिल्ला वर्षमा भन्दा बढी भए पनि अत्यधिक होइन ।

सन् २०१८ मा तीन सय ४६ र २०१७ मा तीन सय ६६ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । जसमध्ये क्रमशः चार र पाँचजनाको मृत्यु भएको थियो ।

सन् २०१६ मा पाँच र सन् २०१५ मा भूकम्पका कारण १९ जना आरोहीको निधन भएको थियो । सन् २०१४ मा पनि आधार शिविरभन्दा केही माथि आएको हिउँपहिरोमा परी १७ जनाको निधन भएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  २ : ०९ बजे