अर्घाखाचिको छत्रदेव गाउँ पुगेर हावाहुरी पीडितलाई त्रिपाल बाडे कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले



अर्घाखाँची-

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा आइतबार राति चलेको हावाहुरीबाट प्रभावित सर्वसाधारणलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  त्रिपाल वितरण गरेका छन्।

मंगलबार छत्रदेव गाउँपालिकाको हावाहारी प्रभावित क्षेत्र पुगेका शर्माले नेविसंघका नेता–कार्यकर्तासँगै त्रिपाल बाँडेका हुन्।

छत्रदेव गाउँपालिकामा हावाहुरीका कारण एक सय जति घरमा क्षति पुगेको छ भने ४ सय सर्बसाधाराण खुल्ला आकाशमा रात बिताउन बाध्य छन ।

राहत बितरणका क्रममा स्थानिय सग कुरा गर्दै प्रबक्ता शर्माअ ले देशको जुन सुकै ठाउमाअ नागरिक हरुलाई अफ्ठेरो पर्दा सहयोग मा जुटनु सबैको दायित्व भएको ब ताए ।प्रबक्ता शर्माले भने “जनाताको अफ्ठोरो मा साथ दिना सत्त माइ हुनुपर्छ भन्ने छैन प्रतिपक्ष भएर पनि गर्न सकिन्छ’

उनले कांग्रेसका सबै नेता कार्यकर्त हरुलाई हावाहुरी पिडितलाई सहयोग गर्न पनि अनुरोध गरे ।

उक्त क्षेत्रमा हावा हुरीले बिधालयहरुको छनो समेत उडाएकोले बिधार्थिहरुको पढाइ समेत प्रभाबित भइ रहेको छ ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ७ : ०३ बजे