वातावरण दिबसको अबसरमा बिराटनगर महानगरलाई ३२५ डस्विन



विराटनगर,२२ जेठ-

वन तथा वातावरण विभागले विराटनगर महानगरपालिकालाई ३२५ वटा डस्विन प्रदान गरेको छ ।
वतावरण दिवसको अवसर पारेर बुधबार विराटनगर महानगरपालिकामा आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा महानगरकि उपप्रमुख ईन्दिरा कार्कीलाई विभागका कर्मचारी हस्ना श्रेष्ठ र स्वस्तीका श्रेष्ठले डस्वीन हस्तान्त्रण गरे ।

उपप्रमुख कार्कीका अनुसार सो डस्विनहरु सामुदायिक विद्यालय, मन्दिर, मस्जिद , चर्चहरुलाई पहिलो प्रथामिकतामा राखेर वितरण गरिने छ । त्यसपछी टोल संगठनको समन्वयमा अतीआवाश्क र महत्वपुण ठाँउमा राखिने छ ।

कार्यक्रममा संयुक्त टोल नगरसमन्वय समीतीका संयोजक राजेश मास्के, सहायक सिडीयो चन्द्रकला ओलीले वातावरण सरसफाईमा ध्यान दिन आवाश्यक रहेको बताएका थिए । कार्यक्रम कर्मचारी अनिता कोईरालाले संञ्चालन गरेकि थीईन ।

प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार  १ : ०२ बजे