काठमाडौं उपत्यका आसपासमा शुक्रबार बिहानैदेखि हावाहुरीसहित बर्षा, यस्तो छ मौसमविद्को सुझाव



काठमाडौं जेठ, २४–
शुक्रबार बिहानैदेखि राजधानी काठमाडौं र आसपासका क्षेत्रमा हावाहुरी र वर्षा भैरहेको छ । यसअघि बिहीबार राती सुदूरपश्चिम र मध्यपश्चिमका केही ठाउँमा ठूलो हावाहुरी र वर्षा भएको थियो । कैलाली र कञ्चनपुरमा हावाहुरीले रुख तथा बिजुलीको खम्बा ढलाउँदा तथा घरको छाना उडाउँदा केही घाइते पनि भएका छन् । मौसमविदले प्रिमनसुनको समयमा वर्षासँगै हावाहुरी चल्ने भएकाले सतर्क हुन सुझाव समेत दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार  १२ : ५० बजे