सुदुरपश्चिममा भिषण हुरी १०० जना घाइते केहिको मृत्यु



काठमाडौं-

बिहीबार राती सुदुर पश्चिमका कैलाली र कञ्चनपुरमा हुरीले जनधनको ठूलो क्षति पुर्‍याएको छ। कैलालीमा १०० जना घाइते भए। तीमध्ये, टीकापुर २ का ३७ वर्षे लाहानु डगौरा र गोदावरी ८ का ३५ वर्षे बीरबहादुर चौधरीको मृत्युभएको, सुदुर पश्चिम प्रदेशका प्रहरी प्रवक्ता एसएसपी विक्रम बहादुर चन्दले जानकारी दिए।

यती ठुलो प्राकृतिक बिपत्ती आउँदा पनि नेपालको मौसम पूर्वअनुमान महासाखाले भने कुनै पूर्व जानकारी गराउन सकेन । पटक पटक आइलाग्ने यस्ता प्राकृतिक बिप्पती बाट बच्न नागरिक सम्म पूर्व सुचना पुर्याउनु पर्ने भय पनि नेपालामाअ त्यो हुननसक्दा पटक पटक जनधनको क्षति हुने गरेको छ ।

यसैबिच   कैलालीका घाइतेमध्ये, ६५ जना उपचार पछि घर फर्केका छन्। बाँकी १० जनामध्ये, २ जनालाई भारत पठाइएको छ भने, २ जनाको नेपालगञ्जमा, र ६ जनाको धनगढी उपचार भइरहेको एसएसपीचन्दले जानकारी दिए।

चन्दका अनुसार, ठूलो हुरीले नै ढलाएको पर्खालमा च्यापिएर डगौराको मृत्युभएको हो भने, हुरीमा मोटरसाइकल सन्तुलन गर्न नसक्द चौधरीको ज्यान गएको देखिएको छ। हुरीले सयौंघरको छाना उडाएको छ। रुख र बिजुलीका पोल ढालेको छ। सुदुरपश्चिम क्षेत्रमा बिजुली बन्द छ।

मौसमविद सुवास रिमालका अनुसार, पश्चिमी न्यून चापिय प्रणालीकै प्रभावले ठूलो हुरी आएको हो। न्यून चापीय प्रणाली, भूमध्य सागरबाट विकसित भएर उत्तर पश्चिम भारत हुँदै पश्चिमी भागबाट नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त प्रणाली हो। पश्चिमी न्यू चापीय प्रणालीको वायुले आद्र्रता बोकेको हुन्छ।

यही प्रणालीभित्र पनि सानो सानो प्रणाली विकसित हुनेगर्छ। वायुमा जलवाष्प विकसित हुने बित्तिकै यस्ता साना प्रणाली तत्काल र दु्रत गतिमा विकास भएर अघि बढ्ने गर्छ। त्यसैले कुनै निश्चित क्षेत्रमा बन्ने यस्ता साना साना वायुका प्रणाली कहाँनेर विकसित हुन्छ भन्ने चाहँ पूर्वानुमान गर्न गाह्रो हुने मौषमविद रिमालको भनाई छ।

बिहीबार राति कैलाली कन्चनपुरमा देखिएको हुरीको स्वरुप बाह्रमा करीब ३० जनाको ज्यान जाने गरी आएको टोर्नाडोको प्रकृतिसँग मिल्दो जुल्दो समेत देखिएको छ। किनकि यो एक्कासी आएको छ र यसले पर्खाल, रुख, बिजुलीका पोल, घरका छाना र सवारी साधन समेत ढलाएको छ। तर बाराकै जस्तो टोर्नाडो हो, होइन भन्नेबारे अहिल्यै भनिहाल्नसक्ने अवस्थान नरहेको रिमालले बताए।

पश्चिममा एकाएक विकास भएको यो प्रणाली पूर्वतिर सर्दै जाने क्रममा आज बिहान काठमाडौं उपत्यकामा समेत केहीबेर हावाहुरी चलेको थियो। शुक्रबार यो प्रणाली मध्य र पूर्वी क्षेत्रमा बढि सक्रिय देखिने मौषम पूर्वानुमान मशाखाले जनाएको छ। विशेषरी मनशुन शुरु हुने बेलातिर र मनसुन सक्रिय भएका केही दिनसम्म यस्तो गतिविधि देखिने मौषमविद सुबास रिमालको भनाइ छ। सामान्यतया नेपालमा जुन १० बाट मनसुन सक्रिय हुन्छ। तर यतिबला मनसुन सक्रिय पार्ने बायु श्रीलंकातिरमात्रै देखापरेकोले, नेपाल भित्रिन अझै केही दिन लाग्ने उनले बताए।

प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार  ६ : ०० बजे