मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कार्यक्रममा प्रधानमन्त्री ओली र सीके राउत प्रमुख वक्ता



काठमाडौं जेठ, २४–
भोलि अर्थात जेठ २५ गते प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली स्वीजरल्याण्डको जेनेभामा विश्व श्रम संगठन, आइएलओको सम्मेलनमा सहभागी भएर जुन १० मा बेलायतको औपचारिक भ्रमणमा जाने कानर्यक्रम तय भएको छ । बेलायत भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरिसा मेसँग द्विपक्षीय हितका बारेमा कुराकानी गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

बेलायतस्थित नेपाली राजदुतावासका अनुसार प्रधानमन्त्री ओलीले जुन १० साँझ विश्वकै प्रख्यात अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।स्वतन्त्र मधेशको आन्दोलन गरेर चर्चामा आएका सीके राउत पनि युरोपेली मुलुक अस्ट्रियाको राजधानी भियना हुँदै बेलायत आउने जाँदैछन् । केही समय अघि मात्रै राजनीतिक मूलधारमा आएको घोषणा गरेका राउत पनि अक्सफोर्ड विश्वविद्यालयमा हुने मानवअधिकार सम्बन्धि कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागी हुनेछन् ।

बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जुन ११ मा बेलायती प्रधानमन्त्री थेरिसा मेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाल–बेलायत ऐतिहासिक सम्बन्धलाई मध्यनजर गर्दै आपसी हित र सहकार्यलाई प्रगाढ बनाउने दिशामा वार्ता केन्द्रित हुने बेलायतस्थित नेपाली दूतावासका प्रवक्ता एव् उपनियोग प्रमुख शरदराज आरणले जानकारी गराए ।

बेलायतस्थित नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले १२ जुनमा प्रधानमन्त्रीको सम्मानमा रिसेप्सन आयोजना गरेका छन् । त्यसका लागि दुताबासले बेलायतस्थित विभिन्न संघ संस्था, पत्रकारहरु र बिशिष्ठ व्यक्तिहरुलाई निमन्त्रणा पठाइसकेको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले बेलायतमा समान सुविधाको माग राख्दै आन्दोलनरत गोर्खा तथा नेपाली समुदायसँग पनि समसामयिक बिषयमा अन्तरक्रिया गर्ने जनाईएको छ ।

यसअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सन् २००२ को औपचारिक भ्रमण भएको १७ बर्षपछि प्रनधानमन्त्री ओलीले बेलायतको औपचारिक भ्रमण गर्न लागेका हुन् । प्रम ओली जुन १२ मा फ्रान्स जाने कार्यक्रम रहेको छ । यसैबीच यसअघि

स्वतन्त्र मधेशको आन्दोलन गरेर चर्चामा आएका सीके राउत पनि युरोपेली मुलुक अस्ट्रियाको राजधानी भियना हुँदै बेलायत आउने जाँदैछन् । केही समय अघि मात्रै राजनीतिक मूलधारमा आएको घोषणा गरेका राउत पनि अक्सफोर्ड विश्वविद्यालयमा हुने मानवअधिकार सम्बन्धि कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ६ : १४ बजे