मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वतन्त्रपूर्वक काम गर्न नपाएको झोकमा मुख्य न्यायाधिवक्ताले दिए राजीनामा



काठमाडौं जेठ, २४–
प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । मुख्य न्यायाधिवक्ता न्यौपानेले मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका अवस्थामा राजीनामा दिएका हुन् ।
मुख सचिव आनन्दराज ढकालमार्फत उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।
पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण राजीनामा दिनुपरेको उनको भनाइ छ ।
मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानूनी व्यवस्था छ । वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ति र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ६ : ५२ बजे