मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हावाहुरी पीडितलाई तत्काल राहत उपलब्ध गराउन कांग्रेसको माग



काठमाडौं जेठ, २४–
नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा हावाहुरीबाट प्रभावित भएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बिहीबार राति आएको हावाहुरी घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । साथै, कांग्रेसले मृतकका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।
कांग्रेसले करिब एक महिनादेखि गर्दै आएको जागरण अभियान अन्तर्गत २५ गते सबै जिल्लामा आमसभा गर्ने तय भएपनि कैलाली र कञ्चनपुरमा भने स्थगित गरिएको जनाएको छ ।
अभियान अन्तर्गतका सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गरी दुई जिल्लाका केन्द्रीय प्रतिनिधिहरुलाई प्रभावित क्षेत्रमा खटिन कांग्रेसले आग्रह गरेको छ । बिहिबार राति आएको हावाहुरीबाट २ जनाको मृत्यु हुनुका साथै सय जना भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ७ : १४ बजे