रोकिएन हावाहुरी : आइतबार साझको हावाहुरीले पर्सामा फेरी एकको मृत्यु, ३ घाइते



पछिल्लो समय देशै भरी हावाहुरी सहितको बर्षाले ठुलो जनधनको क्षति पुर्याइ रहेको छ । यसै बिच् आइतबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण पर्सामा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।

आइतबार साँझ ठोरी गाउँपालिका-१ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको पर्सा प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

मृतकको नाम खुल्न सकेको छैन।

वीरगञ्जमा ३ जना घाइते भएको तर उनीहरुको नाम खुल्न सकेको छैन।

हावाहुरीको क्षतिका सम्बन्धमा थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

प्रकाशित मिति : जेष्ठ २६, २०७६ आईतबार  ४ : १५ बजे