मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईश्वर पोखरेल प्रचण्डमाथि फेरी खनिए



विराटनगर जेठ, २७–
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालीरहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्षद्वयको प्रधानमन्त्री आलोपालोबारे फेरी मुख खोलेका छन् । नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले सोमबार विराटनगरमा प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र प्रचण्डवीच आलोपालो गर्नेबारे पार्टीभित्र छलफल नै नभएको दावी गरेका हुन् ।
पोखरेलले पार्टीका दुई अध्यक्षबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने कुरा पार्टीभित्र औपचारिक ढंगमा छलफल नभएको प्रष्ट पारे ।
शीर्ष नेताहरुवीचमा आधा–आधा कार्यकालका लागि जेन्टलमेन्ट सहमति भएको भए पनि सबै कुराको सीमा, मर्यादा र प्रकृया हुने भन्दै पोखरेलले बाहिर आएको कुरा आफूहरुले ध्यानपूर्वक सुनेको बताए ।

आलोपालोको सहमति त कार्यान्वयन होला नि भन्ने पत्रकारको प्रश्नमा पोखरेलले भने ‘जुनबेला जे हो, त्योबेला त्यही होला नि । पालना होला नि त !’

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  १० : ४९ बजे