मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति चलाए प्रचण्ड सक्किए, स्वर्गद्वारी चलाउँदा केपी पनि सक्किने निश्चितः कांग्रेस नेता गगन थापा



काठमाडौं जेठ, २९–
कांग्रेस नेता गगन थापाले संस्कार र संस्कृतिमाथि प्रहार नगर्न कम्युनिष्ट सरकारलाई चेतावनी दिएका छन् । नेता थापाले थापाले पशुपतिनाथको मन्दिरका पुजारी चलाउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सकिएको उदाहरण प्रस्तुत गर्दै स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री केपी ओली सकिने चेतावनी दिएका हुन् । मंगलबार प्यूठानको बिजुबारमा भएको कांग्रेस सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले संस्कृतिमाथि प्रहार नगर्न चेतावनी दिएका हुन् । उनले गुठी सम्बन्धी विधेयकको चर्को विरोध गर्दै उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनमोर्चा त्यागेर करिब ७ सय जना कांग्रेसमा प्रवेश समेत गरेका थिए । उनीहरुलाई डा. शेखर कोइराला र थापाले सदस्यता प्रदान गरेका थिए । उनले आफूहरु अहिले चुनाव हारे पनि त्यो म्यान्डेट स्वीकार गर्दै अर्को चुनाव जित्ने दाबी पनि गरे ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार  ६ : २० बजे