पोखरा जेठ, २९–लागूऔषध कारोबारी समाउन प्रहरीले पोखरामा गोली चलाएको छ । लागूऔषध कारोबारीलाई पछ्याउँदै जाँदा आफूहरुमाथि नै आक्रमणको प्रयास भएपछि गोली चलाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीका अनुसार प्रहरीले चलाएको गोलीबाट लागूऔषध कारोबारी गोविन्द थापा घाइते भएका छन् । खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको एसपी कार्कीले बताए । लागुऔषध मुद्दामै ३ बर्ष कतारको जेलमा बसेका थापाको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको छ ।
जेष्ठ २९, २०७६ बुधबार
0
Shares










