बिराटनगर
पिताजी कृष्न प्रसाद कोइराला सेवा गुठीले प्रजातन्त्र बादी नेत्री स्वर्गिय सैलजा आचार्यको स्मृतिमा एक कार्यक्रम गरेको छ ।
मोरङको सिस्वानी जहदा गाउपालिका स्थित सिटिइभिटी सगको साझेदारिमा गुठीले सञ्चालन गरेको सैलजा आचार्य स्मृती पोलिटेक्निकमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश १ का प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहांगको उपस्थिती रहेको थियो ।तेस्तै बिशिष्ठ अतिथिको रुपमा समाजसेवी तोरेन्द्र मान सिंह प्राधान्,संघिय साम्सद शिब कुमार मण्डल जहदा गाउपालिकाका प्रतीनिधि तथा वार्ड नम्बर ४ का अध्यक्ष गेहेन्द्र गिरि,मोरङ काङ्रेसका नेता गयानन्द मण्डल ,नेकपा प्रदेश १ का सदस्य भोगेन्द्र यादब लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथी एबम बिशिष्ठ अथितीहरुले स्वर्गिय सैलजा आचार्यले देशको राजनितिक ,सामाजिक र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
तेस्तै कार्यक्रममा पोलिटेक्निक सञ्चालक सदस्य जवाहरलाल मण्डल्,गुठी कोषाध्यक्षा मोहन महतोले पनि आचार्यको योगदानको चर्चा गरेका थिय ।
कार्यक्रम पोलिटेक्निकका प्राचार्य शन्त बहादुर अधिकारीले सञ्चालन गरेका थिय भने गुठीकि अध्यक्ष अमिता आचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सैलजा आचार्य छात्रबृत्ती कोष बाट १४ जना बिधार्थी हरुलाई छात्रबृत्ती तथा सम्मान पत्र प्रदान गरिएको थियो ।
गुठिले स्वर्गिय सैलजा आचार्यको स्मृतिमा बर्ष कार्यक्रम गर्दै आइरहेको छ ।