मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चक्रवाती तूफान ‘वायु’ प्रभाव नेपालमा पनि पर्ने, आज हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने



काठमाडौं जेठ, ३०– जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव नेपालमा पनि पर्ने जनाएको छ । महाशाखाले आज (बिहीबार) नेपालमा पनि त्यस्को सामान्य प्रभाव पर्ने जनाएको हो ।

चक्रवाती तूफान ‘वायु’का कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुन सक्ने मौसमविद मञ्जु बासीले जनाईन् । तर नेपालमा त्यसको बलियो प्रभाव भने नपर्ने उनको भनाइ छ ।
मौसमविद बासीका अनुसार पश्चिमी वायुको प्रभाव सक्रिय रहेकै अवस्थामा चक्रवाती तूफान ‘वायु’को सामान्य प्रभाव रहने भएकोले अधिकांश क्षेत्रको मौसम बदली हुने सम्भावना रहेको छ ।

यस्तै मुलुकका अधिकांश स्थानमा बिहीबार हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पश्चिम तराईमा आज पनि हावाहुरी चल्ने सक्ने मौसमविद बासीले जानकारी दिइन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  १२ : ५९ बजे