मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाको कार्यालयमा बम विस्फोट, सभा हलको भित्ता भत्कियो



धनुषा जेठ, ३०–
धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । वडा नम्बर ३ मा रहेको नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको हो ।
प्रहरीका अनुसार बुधबार राति करिब १० बजेतिर बम बिस्फोट भएको हो । बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषा प्रहरीले जनाएको छ ।
हालसम्म कसैले बिस्फोटको जिम्मेवारी नलिएको घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ६ : ०६ बजे