मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनै तहका सरकार भ्रष्टाचारमा लिप्त रहेको माधव नेपालको ठोकुवा



काठमाडौं जेठ, ३०–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले देशमा तीनै तहका सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दलकै वरिष्ठ नेता समेत रहेका नेपालले अहिले केन्द्रदेखि प्रदेश हुदै स्थानीय तह सम्मका सवै सरकार भ्रष्ट भएको बताएका हुन् । बिहिबार सर्लाहीको मलंगवामा नेकपाको पार्टी कार्यालय उद्घाटन गर्दै नेता नेपालले प्रदेश २ को सरकार झन् भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

उनले प्रदेश सरकारका मन्त्रीले सरकारी पैसामा लुट मच्चाएको आरोप लगाए । केन्द्र नै सफा नभएका कारण तलैसम्म भ्रष्टाचारले जरा गाडेको नेता नेपालको आरोप थियो ।
उनले सय प्रतिशत काममा ७५ प्रतिशत रकम गोजीमा र २५ प्रतिशत रकम मात्र काममा लागउने गरेको दावी समेत गरे । कम पैसा लगानी गरी ब्रम्हलुट गरेपछि काम पनि गुणस्तरहिन हुने उनको भनाइ छ । मधेशमा टाढाबाठाले गरिबलाई ठग्ने गरेको उनको आरोप छ ।

६ वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको भन्दै नेता नेपालले ‘यहाँ प्रदेश २ मा आफ्नो सरकार नरहेकाले दुई नम्बर प्रदेश बढी भ्रष्ट प्रदेश भएको बताए । उनले भने, ‘हाम्रो पार्टीले चलाएको प्रदेश र प्रदेश नं. २ मा धेरै अन्तर छ ।’

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  १० : २६ बजे