आइतबार काठमाडौंका निजी विद्यालय बन्द हुने (विज्ञप्तिसहित)



काठमाडौं जेठ, ३१–
आइतबार काठमाडौं जिल्लाका सबै निजी विद्यालय बन्द हुने भएका छन् । निजी विद्यालयहरुको छाता सँगठन एन प्याब्सन काठमाडौँका सहसचिव , एनप्याव्सन गोकेर्णेश्वर नगरकमिटीका अध्यक्ष एवम् बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनका कारण काठमाडौंका सम्पूर्ण निजी विद्यालय बन्द हुने भएका हुन् ।
प्याब्सन काठमाडौँ र एन प्याब्सन काठमाडौँले संयुक्त रुपमा विज्ञप्तिी जारी गरी आइतबार काठमाडौँ भरिका सम्पुर्ण निजी विद्यालय बन्द हुने जनाएका हुन् । उनीहरुले संयुक्त निर्णय कार्यान्वयन गर्न सबै विद्यालयहरुलाई अपिल समेत गरेका छन् ।
प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीद्वारा जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।
लामो समय देखि शिक्षा क्षेत्रमा सकृय गुरुङको उपचारका क्रममा बिहिवार मेडिसिटी हस्पिटलमा निधन भएको थियो । ब्रन ह्यामरेजको अपरेशसन असफल भएपछि उनको निधन भएको थियो ।

 

प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार  ९ : ५० बजे