बझाङमा जीप पल्टियो: ६ जनाको मृत्यु, ६ घाइते



बझाङ ।
बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । से. १ ज १०७२ नम्बरको जीप सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गर्दा डौठीमा दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य ६ जना घाइते भएको वडा प्रहरी कार्यालय डौठीले जनाएको छ । ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको हो ।

जीप अप्ठेरो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको प्रहरीको भनाइ छ । । दुर्घटनाको कारण भने थाहा नभैसकेको प्रहरीले जनायो ।
दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा छ र घटनाको विवरण आउन बाँकी छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीसहितको टोली गएको छ। यतिवेला नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीय उद्धारकार्यमा लागेका छन् ।

प्रकाशित मिति : असार २, २०७६ सोमबार  ११ : १८ बजे