हुम्ला ।
हुम्लामा जीप दुर्घटना भएइको छ । मंगलबार दिउँसो खार्पुनाथमा जीप दुर्घटना भएको हो । खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको जिप बेडुबिसौना भन्ने ठाउँमा सडकबाट तल खसेको हो ।
सडकबाट खसेको बस सीधै तल कणार्ली नदीमा पुगेको छ । अहिले उद्धारका लागि टोली पुगेको छ ।
दुर्घटनाग्रस्त जीपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित करिब १० जना यात्रु रहेको बताइएको छ । प्रहरी र सेनाको टोली हेलिकप्टर मार्फत घटनास्थल पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।










