काठ्माण्डौ-
चौतर्फी बिरोध पछी सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् ।
संसद्मा दर्ता भएको गुठी विधेयकको विरोधमा उपत्यकासहितमुलुकभर आन्दोलन चर्किएपछि सरकार पछि हट्न बाध्य भएको हो।
मौलिक सम्पत्तिका रुपमा रहेको गुठी संस्कृति लोप गराउन बिधेयक ल्याइएको भन्दै व्यापक विरोध सहित विधेयक खारेजीको माग गर्दै गुठियारका साथै विभिन्न संस्थाले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका थिए।
सम्बन्धित समाचार्-
गुठी विधेयक फिर्ता नभए संसद चल्दैनः कांग्रेस महामन्त्री कोइराला
गुठीविरुद्धका सम्पूर्ण आन्दोलनमा कांग्रेसको ऐक्यबद्धताः कांग्रेस नेता बडु
गुठी विधेयकप्रति नेकपाकै नेता असन्तुष्ट, सच्याउन सरकारलाई दबाब
गुठी विधेयक स्थगित गर्न नेकपाकै सांसद योगेश भट्टराईको माग
गुठी विधेयक सच्चयाउन सरकार तयार छः प्रधानमन्त्री ओली
कांग्रेसले थाल्यो गुठीयारसँग छलफल
गुठी विधेयकको विरोधमा ललितपुरमा विशाल राँके जुलुस
गुठी विधेयक संशोधन गरे काठमाडौंमा आन्दोलनको हुरी चल्ने कांग्रेस सांसद भीमसेनदास प्रधानको चेतावनी