कास्की । पोखरामा विप्लव नेतृत्वको नेकपाको बन्दको पूर्ण प्रभाव देखिएको छ । पोखराका ठाँउठाउँमा शंकास्पद वस्तु भेटिएका छन् । अहिले फेरी पोखरा ९ नयाँबजारको सडक छेउमा शंकास्पद वस्तु भेटिएको हो ।
स्थानीयले बिजुलिको पोल नजिकै झोला देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शंकास्पद वस्तु सुतली बम हुन सक्ने प्रहरीको अनुमान छ । आज प्रहरीले स्कटीङ गरेर सार्वजनिक सवारी चलाउने भने पनि फाट्टफुट्ट नीजि सवारी मात्र चेलेको देखिएको छ । बजार, स्कुल, कलेज पनि पूर्ण रुपमा बन्द छ ।
असार १०, २०७६ मंगलबार
0
Shares










