मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ चितवनद्वारा पुर्व पश्चिम राजमार्ग अन्तर्गत गौंडाकोटमा एक घण्टा चक्काजाम



गैँडाकोट असार, १२–
सोमबार राति गैँडाकोटमा मोटरसाइकललाई ठक्कर दिने ट्रकका धनी परिवारजनसँग वार्तामा आउन अटेर गरेका छन् । घटना भएको आज तीन दिन हुँदासम्म पनि दोस्रो पक्षलाई पठाएर आफू भने नआएका हुन् । छलफलका लागि मुख्य धनी नआएपछि मृतकका आफन्त थप आक्रोसित वनेका छन् ।
मृतक नेविसंघ चितवनका नेता साविक क्षेत्र नं ४ का क्षेत्रीय सभापति समेत थिए । ट्रकका धनी वार्तामा नआएपछि दबाब स्वरुप नेपाल विद्यार्थी संघ चितवनले ने वि संघ नवलपुरको सहकार्यमा गैंडाकोटमा हिजो १ घण्टा चक्काजाम गरेको छ । गैँडाकोटको ईलाका प्रहरी कार्यालय अगाडि १ घण्टा चक्काजाम गरिएको थियो।


ट्रक धनी सम्पर्कमा नआएको र नक्कली चालक र नक्कली चालक पत्र देखाई घटनालाई थप उत्तेजित र भड्किलो बनाउन स्वयं जिम्मेवार पक्ष नै लागेको हुँदा दोषीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति को माग गर्दै चक्काजाम गरिएको नेबि संघ चितवनका जिल्ला सभापति सूर्य ढकालले बताए । ढकालले सहजीकरण गरेको कार्यक्रममा चितवन जिल्लाका पार्टी सचिव राजीव न्यौपाने र नेविसंघ नवलपुर जिल्ला सभापति राजेश पौडेलले मन्तव्य दिएका थिए ।
मन्तव्य दिने क्रममा नेपाली कांग्रेस जिल्ला सचिव राजिव न्यौपानेले प्रशासनले सम्बन्धित व्यक्तिलाई नबोलाई घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए । साथै घटनाको सत्यतथ्य छानवीन गरी मृतकलाई कानूनीरुपमा क्षतिपूर्ति दिनका लागि उनले जोडदार माग समेत गरे ।
कार्यक्रममा चितवन जिल्लाका पार्टी उपसभापति कैलाश कोइराला, तरुण दल चितवनका अध्यक्ष राजन ताम्रकार , ने वि संघ चितवका उपाध्यक्ष राजन दाहाल , दिनेस पौडेल , विनिता चापागाई , रोसन वस्नेत , सचिव गणेश रिजाल , विध्यार्थी नेता श्रीकृष्ण लामिछाने लगायतका व्यक्तिहरूको उपस्थिती रहेको थियो। उता गैँडाकोट प्रहरीले पनि ठक्कर दिने चालकलाई पक्राउ गरिसकिएको र मुख्य धनीलाई पनि वार्तामा आउन पटक पटक आग्रह गरिएको बताएको छ । वार्तामा वसेर माग सम्वोधन नहुदासम्म शव नवुझ्ने मृतकका आफन्तले बताएका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  २ : ३५ बजे