मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशैभरी मौसम बिग्रियो: पूर्वमा बढी खतरा, तराइका बिभिन्न ठाउ डुबानमा



जलेश्वर –

जलेश्वर कारागार डुबानमा परेको छ । आज बिहान करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो ।

भारी बर्षा का कारण त्य्स क्षेत्रका अन्य ठाउहरु पनि डुबानमा पर्ने खतरा बढेको बताइएको छ ।

बिहान देखी धादिङ्ग, चितवन, नवलपरासी, गोर्खा, तनहुँ र पर्सा आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषत पर्सा आसपास ब्यापक मेघगर्जनसहित हावाहुरी र वर्षा भईरहेको तथा बारा रौतहटतिर सर्ने संभावना बढी रहेको छ ।

देशभर मनसुन सक्रिय अवस्थामा रहेकाले देशभरको मौसम बिग्रिएको र मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार सामान्यदेखि आंशिक बदली हुने जनाएको छ ।

काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि नै वर्षा भएको थियो । शुक्रबार बिहान पनि फाट्फुट वर्षा भएको छ । बादल खुल्ने सम्भावना कमै रहेको महाशाखाले जनाएको छ ।

पूर्व र मध्य क्षेत्रमा सामान्य तथा पश्चिममा आंशिकदेखि सामान्य बदली हुनेछ । पूर्वका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

मध्य र पूर्वी भेगका केही स्थानहरुमा घना बादल देखिएको छ । सो प्रणाली क्रममा पूर्वतिर सर्ने क्रम देखिएको भन्दै महाशाखाले भारी वर्षाको सम्भावना बताएको हो ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : १७ बजे