बुटवल । कांग्रेस नेता प्रकाशमान सिंहले अरु दलले गर्न नसकेको काम कांग्रेसले गरेर देखाएको दावी गरेका छन् । शनिबार रुपन्देहीको सैनामैना नगरपालिकामा गणेशमान सिँह स्मृति पुस्तकालयले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसले गरेको कामको ईतिहास नबिर्सन सबैलाई आग्रह समेत गरे । उनले भने, ‘प्रधानमन्त्री ओली आफू मुलुक समृद्ध बनाउछु भनेर भाषण गरेर थाकेनन्, अहिले आएर काम नभएपछि मलाई समयमा सहि जानकारी नै दिईन्न भनेर उम्किन खोज्दैछन् ।’
पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले देश र जनताको आँखामा छारो हालेर आफूले काम गर्न नसकेको कुरा ढाकछोप गर्न लाग्नु हाँस्यास्पद भएको बताए । मेलम्चीको पानीले सडक पखालिन्छ भनेर भाषण गर्ने तर मेलम्ची खानेपानी परियोजनाको कामका बारेमा थाहा छैन भनेर भन्नूले प्रधानमन्त्री कार्यालयको हालत प्रष्ट भएको बताए । उनले सरकार पुर्ण रुपले असफल भैसकेको बताए ।
उनले काम गर्ने तर आफूले गरेका राम्रो कामको ब्रण्डिङ गर्न नसकेको, जन्ता सामु पुर्याउन नसक्नु कांग्रेसको मुख्य कमजोरी रहेको स्वाीकारे । कमजोरी रहेको बिचार ब्यक्त गर्दै भर्खरै कांग्रेसको हात समातेर आएका दलहरुले कांग्रेसलाई लोकतन्त्रको पाठ सिकाउनु हास्यास्पद रहेको उनको भनाइ थियो ।
अहिलेको सरकारका हरेक गतिविधि अलोकतान्त्रीक हुँदै गएकाले एकपछि अर्को बिधेयक ल्याउदै गएको दाबी गरेका छन् । जनअधिकार कुन्ठित पार्ने गरि विधेयक आईरहनुले सरकारको नियतमाथी संका जन्माउने प्रशस्त ठाँउ रहेको बताएका छन् । सत्ता सर्बसताबादी बाटोतर्फ अघिबढिरहेकाले सजक रहन समेत नेता कार्यकतामा अपिल गरेका छन् । बर्तमान सरकार एकपछि अर्को भ्रष्टाचारका मुद्दाहरुमा रुमलिएकाले सुशासनको अपेक्षा गर्न नसकिने बताएका छन् । कांग्रेसले सरकारले गरेका हरेक अलोकतान्त्रिक गतिविधिको सदन देखि सडक सम्म खरोरुपमा उत्रिने समेत बताएका छन् ।