पोखरा । प्रदेशसभा सदस्य दीपक मनाङे नेकपामा प्रवेश गरेका छन् । मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद राजिव गुरुङ (दीपक मनाङे) नकपामा प्रवेश गरेका हुन् । मनाङेको नेकपा प्रेवशसँगै गण्डकी प्रदेशमा नेकपाको दुइतिहाई बहुमत पुगेको छ । नेकपामा प्रवेश गरेका सांसद मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले अबिर र माला लगाएर पार्टीमा भित्र्याएका हुन् ।
गण्डकीमा मनाङे नेकपा प्रवेश गर्नुअघि ६० प्रदेश सांसद रहेको नेकपाका ३९ प्रदेश सभा सदस्य थिए । मनाङे प्रवेशसँगै दुइतिहाई बहुमत पुर्याएको नेकपा ४० प्रदेश सभा सदस्यसहित सत्तासीन छ ।
नेकपामा एकीकरण अघिका एमालेका २७ र माओवादी केन्द्रका १२ प्रदेश सभा सदस्य रहेका छन ।
प्रतिपक्षी दल काङ्ग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ मध्ये (बाग्लुङ २ ख का सांसद टेक बहादुर घर्तीको निधन) भएपछि २ र एकीकरण पूर्वको नयाँ शक्ति तथा हालको समाजवादी पार्टीका २ जना प्रदेश सभा सदस्य रहेका छन् ।










