मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु



काठमाडौं – अर्घाखाँचीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बिहिबार कपिलबस्तुबाट सन्धिखर्क जाँदै गरेको जीप अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ११ जना सवार लु १ ज १३२९ नम्बरको जीप सडकबाट खोल्सामा खसेको हो ।

प्रत्यक्षदर्शी राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी माधब घिमिरेले
सन्धिखर्क आउँदै गरेको गाडी ब्याक भएको र पल्टिएर खोलामा पुगेको बताए । अहिले घटनास्थलमा प्रहरी पुगे पनि गाडी खोलामा पुगेकाले उद्दारकार्यमा कठीनाई भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ७ : २१ बजे