काठमाडौं–
इंग्ल्यान्डमा जारी १२औं विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले पछि पार्दै न्युजिल्याण्डले जित हात पारेको छ भने भारत विश्वकपबाट आउट भएको छ।
२सय ४० रनको लक्ष्य पछ्याएको भारत २सय २१ रनमा अलआउट भयो।यससँगै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
भारतका लागि रविन्द्र जेडेजाले ५९ बलमा ७७ रन बनाए। यस क्रममा उनले ४ चौका र ४ छक्का हिर्काए। त्यस्तै, भारतका लागि धोनीले ७२ बलमा ५० रनको योगदान दिए। उनले १ चौका र एक छक्का हिर्काए।रिसभ पन्त र हार्दिक पाण्डेयले समान ३२ रन बनाए। ५ रनमा ३ ब्याटसम्यान रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुललाई भारतले गुमायो। उनीहरू समान १–१ रनमा आउट भए ।
न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले २–२ विकेट लिए।यसअघि न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो। न्युजिल्याण्डका लागि रस टेलरले ७४ रन बनाए । त्यसैगरीने कप्तान विलियमसनले ६७ बनाए।