मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजबाट लगातारको झरी रोकिने : एस्तो छ आगामी तीन दिनको मौसमी बिबरण



काठ्माण्डौ-

बिहीबार रातिदेखिको लगातार बर्षा आज (आइतबार) रोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गत बिहिबार देखी पूर्वी तथा मध्य नेपालमा पुरै र पश्चिममा तराईतिर वर्षा भइरहेको थियो।

‘आज मध्य तथा पूर्वी नेपालमा हल्का र केही स्थानमा भारी वर्षा भए पनि लगातार पानी पर्ने क्रम रोकिन्छ,’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने,‘तर घाम लाग्न भने केही दिन कुर्नुपर्छ।’

उनका अनुसार मंगलबारदेखि भने पानी पर्ने क्रम रोकिने छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आजबाट तीन दिन सम्मको मौसम बिबरण्-

असार २९ गते-

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरूमा र पश्चिमका एक– दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

राति: देशभर पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

असार ३० गते-

दिउँसो: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक-दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरूमा र पूर्वका एक– दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

असार ३१ गते-

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पुर्व र मध्य क्षेत्रका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ।-

आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श

देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू-भागको एक– दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। यसको कारणले गर्दा पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने देखिन्छ भने तराईमा सामान्य पानीको वहाव रही रहन्छ। अझै पनि सामान्य सतर्कता अपनाउनु पर्ने देखिन्छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ५ : ४९ बजे